coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पेलेको सम्मानमा सान्तोसमा सोमबारदेखि २४ घण्टे ‘वेक’ सुरु

ब्राजिलका महान् फुटबल खेलाडी पेलेको मृतआत्माको शान्तिको कामना गर्दै सोमबारदेखि २४ घण्टे ‘वेक’ (मृत्युसँग सम्बन्धित जमघट) कार्यक्रम शुरू गरिएको छ।  

पेलेको लामो समयदेखिको सान्तोसस्थित गृहनगर भिला बेल्मिरोमा उनको सम्मानमा क्याथोलिक क्रिश्चियन परम्परा अनुसार उक्त जमघट भएको हो। मृतकको परिवार, आफन्त र प्रशंसकले उनको आत्मामा सैतानको प्रवेश नहोस भनी प्रार्थना गर्ने क्रिश्चियन परम्परा रहेको छ।

उनको खेल जीवनको सुरूवाती मैदानको बीचमा राखिएको मृत शरीरमाथि फुलमाला अर्पण गर्दै उक्त शोक सभा सम्पन्न भएपछि उहाँको क्रिश्चियन परम्परा अनुसार अन्तिम संस्कार मङ्गलबार गरिनेछ।  

तीन पटकको विश्वकप विजेता ब्राजिलका फुटबल खेलाडी पेलेको बिहीबार राति ८२ वर्षको उमेरमा निधन भएको हो। साओ पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालले क्यान्सरसँग लामो संघर्षपछि उनको मृत्यु ‘मल्टिपल अर्गान फेलियर’ का कारण भएको जनाएको थियो।

प्रकाशित: १८ पुस २०७९ १४:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App