१८ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी सेनाको जहाज दुर्घटनाग्रस्त, १३ को मृत्यु

काबुल— अमेरिकी सेनाको एउटा कार्गो जहाज दुर्घटना हुँदा शुक्रबार अफगानस्तिानमा १३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये ६ जना अमेरिकन छन्। टेकअफ लिने क्रममा जहाज दुर्घटना भएको काबुल स्थित अमेरिकी सेनाका अधिकारीहरुले जनाएका छन्।

अमेरिकी सेनाकाअनुसार मध्यरातमा जलालावाद विमानस्थलमा टेकअफ लिए लगत्तै जहाज दुर्घटना भएको थियो। चालक दल सहित ६ जना अमेरिकी, ५ सर्वसाधारण ठेकेदार र दुई अफगानी नागरिकको दुर्घटनामा मृत्यु भएको बताइएको छ।

ठेकेदारहरु नाटोले नेतृत्व गरिरहेको मिसनसँग काम गर्दै आएका थिए। उनीहरु अफगान सुरक्षा फौजको सल्लाहकार समेत थिए।

विमान दुर्घटनाको कारण अझै खुल्न सकेको छैन।

समाचार संस्था एएफपीका अनुसार विद्राेही तालिवानले साे जहाज खसालेको दाबी गरेका छन्। पेन्टागनले दुर्घटना बाह्य कारणले नभएको बताएको छ।

दुर्घटना भएको सी-१३० जहाज अमेरिकी सेनाले अफगानिस्तानमा मान्छे र कार्गाे बाेक्न प्रयाेग गर्दै अाएको छ।

प्रकाशित: १५ आश्विन २०७२ ०२:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App