२० मंसिर २०८२ शनिबार
image/svg+xml
स्वास्थ्य

मोटोपना उपचार गर्न विश्व स्वास्थ्य संघले सुझायो जीएलपी-१ थेरापी

विश्वमा एक अर्ब मानिसमा मोटोपनाको समस्या

सांकेतिक तस्बिर

विश्व स्वास्थ्य संगठनले मोटोपनाको समस्या व्यक्तिमा प्रयोग हुने जीएलपी-१ (ग्लुकागन लाइन पेपिटाइड- १) नामक थेरापी समावेश गर्ने बारेमा नयाँ मार्गनिर्देशन जारी गरेको छ । संगठनले सोमबार यो निर्देशन जारी गरेको हो ।  

विश्वभरी मोटोपनाले मानिसको मृत्युदर र दीर्घरोग बढ्दै गएको भन्दै यो थेरापी जारी गरेको हो । संगठनले मोटोपनालाई पनि एक दीर्घरोगको रुपमा लिइ जीएलपी-१ थेरापीलाई अत्यावश्यक औषधीमा समावेश गर्न निर्देशन जारी गरेको छ ।  

यसका साथै मोटोपनाबाट हुने रोग टाइप टु मधुमेहको औषधीलाई पनि अत्वावश्यक औषधीमा समावेश गर्ने निर्णय गरेको हो । मोटोपनाका कारण टाइप-२ मधुमेहको औषधीलाई गत सेप्टेम्बरमा नै जीएलपी-१ औषधी अतिआवश्यक सूचीमा समावेश गरेको थियो ।  

मोटोपनाकै कारण मुटु तथा रक्तनलीजन्य रोगहरु र केही क्यान्सरसमेत निम्तिने भएकोले मोटोपना एक स्वास्थ्य चुनौतीको रुपमा रहेको संगठनले जनाएको छ । तथ्याकं अनुसार सन हाल विश्वका ७ अर्व मानिसमा मोटोपनाको समस्या रहेको र सन् २०२४ मा मोटोपनाको कारण विश्वभरमा ३ करोड ७० लाख मानिसको मृत्यु भएको तथ्याकंलाई आधारित बनाइ संगठनले मोटोपनामा जीएलपी-१ थेरापी मार्गनिर्देशन गरेको हो ।  

सन् २०३० सम्ममा मोटोपनाको समस्या दोब्बर हुने आंकलन गरिएको छ । यो सम्भावित मोटोपनाको संख्याको न्युनीकरण गर्न थेरापी उपयोगी हुने संगठनले जनाएको छ ।  

संगठनको नयाँ मार्गनिर्देशनले मोटोपनाको कारण गम्भिर स्वास्थ्य समस्याको जोखिममा रहेका व्यक्तिहरुको हकमा यो थेरापी प्रयोग गर्नु पर्ने मार्गनिर्देशनमा उल्लेख छ । यसको साथै स्वास्थ्यकर्मीले स्वस्थ खानपान, नियमित व्यायम जस्ता थेरापी पनि समावेश गरी सहयोग गर्नु पर्नेछ ।  

विश्व स्वास्थ्य संगठनका महानिर्देशक ट्रेडोस आदानाम घेब्रेयससले भने, ‘मोटोपना विश्वको प्रमुख स्वास्थ्य चुनौतीको रुपमा देखा परेको छ । संगठन यो समस्या नियन्त्रणको लागि विश्वभरका राष्ट्रलाई समान रुपमा सहयोग गर्ने प्रतिबद्धता गर्दछ, हाम्रो नयाँ मार्गनिर्देशनले मोटोपना दीर्घरोग हो, यसलाई दीर्घ र उचित हेरचाहले उपचार गर्न सकिन्छ।’  

‘यो विश्वव्यापी संकटलाई एक्लै समाधान गर्न सक्दैन, जीएलपी-१ थेरापीले लाखौको मोटोपना  र यसको असर हटाउन सक्छ’ उनले जोड दिँदै भने ।  

मोटोपना जटिल नसर्ने रोगहरु मुटुजन्य रोग, टाइप-२ मधुमेह र केही क्यान्सर निम्ताउने मुख्य कारक रहेको र अन्य संक्रमणरोगको कारक रहेको संगठनले जनाएको छ । यसको असरले नसर्ने रोगको उपचारमा ठूलो आर्थिक भार निम्ताएको संगठनले जनाएको छ ।  

जीएलपी-१ थेरापी गर्भवती बाहेक पाका उमेरका मानिसले प्रयोग हुने, यसको माटोपना घटाउन, मेटाबोलिजममा सुधार गर्न र अन्य लाभ हुने भएकोले यसको सिफारिश स्थिति अनुसार हुनेछ । तर औषधी मात्र मोटोपना न्युनीकरणको उपाय नभएकोले स्वस्थ जीवनशैली, स्वस्थ खाना र उपचारमा पहुँच जस्ता पक्षमा सम्वन्धित राष्ट्रले नीतिनिर्माण र कार्यक्रम गर्न आवश्यक रहेको सुझाएको छ।  

प्रकाशित: १६ मंसिर २०८२ १७:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App