६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
स्वास्थ्य

किन झर्छ कपाल ? कारण, रोकथाम र समाधानबारे विशेषज्ञको सुझाव

पछिल्ला वर्षमा नेपाली युवा पुस्तामाझ कपाल झर्ने समस्या तीव्र रूपमा बढेको छ । कपाल किन झर्छ भन्ने चिन्ता र चासोको विषय पनि उत्तिकै छ । किशोर अवस्थामै कपाल झर्ने गरेका समस्या र गुनासा पनि आउने गरेका छन् ।  

निश्चित मात्रमा कपाल झर्नु स्वभावित भए पनि तालु खाली नै हुने गरी कपाल झर्दा युवापुस्ता नै धेरै चिन्तित हुने गरेको छ ।  

विशेषज्ञहरूले जीवनशैली र खानपानलाई नै यसको कारण भनेका छन् । तनाव, असन्तुलित आहार, हार्मोनको असन्तुलन र प्रदूषण कपाल झर्ने कारण मध्येका मुख्य रहेको चिकित्सकहरूको भनाइ छ ।  

छाला तथा कपालका विशेषज्ञले वंशाणुगत कारणदेखि खानपान र जीवनशैलीलाई कारक ठानेका छन् ।

कपाल झर्ने कारण मध्येका मुख्य

- मानसिक तनाव (Stress)

- अनियमित र असन्तुलित खानपान

- हर्मोन परिवर्तन, विशेषगरी थाइराइड र टेष्टोस्टेरोनको असर

-अनुवांशिक कारण (Genetics)

- प्रदूषण र हानिकारक रसायनयुक्त शैम्पू वा हेयर प्रडक्ट

- आइरन वा भिटामिनको कमी

- सुत्ने तालिका अव्यवस्थित हुनु

- धूम्रपान तथा मद्यपान

कपाल झर्न नदिन के गर्ने  

जसरी जीवनशैली कपाल झर्ने कारण हो भने झर्न नदिने कारण पनि यही जीवनशैली नै बनाउनुपर्ने विशेषज्ञको सुझाव छ । अर्थात कपाल झर्न नदिन जीवनशैली सुधार्नुपर्छ ।  

यी मध्ये केही महत्वपूर्ण काम यस्ता छन्:

-सन्तुलित आहार: फलफूल, सागसब्जी, प्रोटिनयुक्त खानेकुरा नियमित खानु।

-नियमित तेल मालिस: नरिवल, अमला, अरंडी वा जैतूनको तेलले हप्तामा २–३ पटक मसाज गर्नु।

- रसायनरहित उत्पादन प्रयोग: सल्फेट तथा पेराबेनरहित शैम्पू तथा कन्डिसनर प्रयोग गर्नु।

- धेरै तातो पानीले नधुनु: तातो पानीले कपाल सुक्खा र कमजोर बनाउँछ।

- तनाव नियन्त्रण: योग, ध्यान (मेडिटेसन), पर्याप्त निद्रा।

-भिटामिन सप्लिमेन्ट: चिकित्सकको सल्लाहमा बायोटिन, जिंक, आइरन जस्ता सप्लिमेन्ट लिने।

तालु नै खुइलिएको छ भने के गर्न सकिन्छ?

कपाल झर्नेक्रम रोकिएन भने युवावयमै तालु खुइलिन्छ । जुन अहिलेको चिन्ताको विषय बनेको छ । तालु खुइलिएको अवस्थामा धेरैले ‘विङ’लगाएर आफ्नो टाउको सुरक्षित रहेको संकेत त दिएका छन् । तर आफूभित्रको पीर त कहाँ जाओस् सँगै छ ।  

तालु नै खुइलिएको अवस्थामा पनि उपचारका केही चरण छन् ।

 यतिबेला निम्न उपाय अपनाउन सकिन्छ: 

- PRP (Platelet-Rich Plasma) थेरापी

- आफ्नै रगतबाट तयार पारिएको प्लेटलेट प्रयोग गरेर कपाल उम्राउने विधि।

- हेयर ट्रान्सप्लान्ट सर्जरी

- पछाडिको कपाललाई अगाडि सार्ने प्रक्रिया।

- कृत्रिम कपाल (Hair Patch वा Wig)

- अस्थायी तर प्रभावकारी समाधान।

- औषधीय उपचार

- Minoxidil वा Finasteride जस्ता औषधि चिकित्सकको सल्लाहमा प्रयोग गर्नु।

कपाल झर्नु सामान्य भए पनि त्यसको पछाडि गम्भीर कारण लुकेको हुन सक्छ। जीवनशैलीमा सानो सुधार र समयमै चिकित्सा परामर्शले दीर्घकालीन समाधान दिन सक्छ।  

सौन्दर्य मात्र नभइ आत्मविश्वाससँग पनि गाँसिएको विषय भएकाले कपालको हेरचाहमा उपेक्षा गर्नु हुँदैन। अहिले नै सावधानी अपनाउनुभयो भने तपाईंको कपाल मजबुद रहिरहन सक्छ ।

प्रकाशित: १६ भाद्र २०८२ २०:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App