स्वास्थ्य तथा जनसंख्यामन्त्री डा सुधा शर्मा गौतमले आज भरतपुर अस्पताल चितवनमा नवनिर्मित ट्रमा सेन्टर र कम्पाउन्डिङ फार्मेसी ल्याबको समुद्घाटन गरेकी छन्।
कुल ५० शय्या क्षमता रहेको यस ट्रमा सेन्टरमा हाललाई १५ शय्या सञ्चालनमा आइसकेको छ। ट्रमा सेन्टरको सञ्चालनले आकस्मिक तथा दुर्घटनाका बिरामीहरूको उपचारलाई थप सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। सोही अवसरमा मन्त्री शर्माले भरतपुर अस्पतालको कम्पाउन्डिङ फार्मेसी ल्याबको समेत उद्घाटन गरेकी छन्।
अस्पताल प्रशासनका अनुसार यस ल्याबबाट बिरामीको अवस्था हेरेर व्यक्तिगत औषधि तयार गरी उपचारका नतिजाहरूमा उल्लेख्य सुधार आउने विश्वास लिइएको छ।
प्रकाशित: २१ मंसिर २०८२ १२:१५ आइतबार





