पछिल्लो समय नेपालमा अटिजम तथा डाउन सिण्ड्रोम नेपाल एक स्वास्थ्य समस्याका रुपमा देखा परेको छ ।
समयमै पहिचान गर्न र यस्ता समस्यामा रहेकाको रेखदेख, उपचार तथा स्याहार गर्न अपनाउनुपर्ने तरिकासहितका विषयमा जानकारी दिन काठमाडौंको टोखा नगरपालिकाको अगुवाइमा तीन दिने तालिम कार्यक्रम सञ्चालन हुँदैछ ।
मंसिर १० गते बुधबारदेखि १२ गते शुक्रबारसम्म हुने तालिममा टोखा नगरभित्रका विद्यालय, मन्टेश्वरी स्कूलका सञ्चालक तथा शिक्षक, अभिभावक, स्वास्थ्य स्वयंसेविका तथा नगरभित्रका आमा समूहका प्रतिनिधिको सहभागिता रहनेछ ।
तीन दिनसम्म अटिजम तथा डान सिण्ड्रोमका क्षेत्रका काम गरेका चिकित्सकहरूले अटिजम के हो ? लक्षण के हुन्छ ? कुन उमेर समूहमा थाहा हुन्छ ? समाज तथा अभिभावकको भूमिका के हुन्छ ? अटिजम भएमा के गर्ने ? हेरचाहको विधि के हुन्छ ? लगायतका विषयमा सहजीकरण हुने नगरपालिका-९ की कम्प्यूटर अपरेटर रुवी घिमिरेले जानकारी दिइन ।
तालिममा पोषणमा पुर्याउनुपर्ने ध्यानका साथै अपाङ्गताका क्षेत्रमा भएको कानूनी व्यवस्थाका विषयमा पनि सहजीकरण हुनेछ ।
टोखा नगरले विगतदेखि नै बालबालिकामा हुने अटिजमको पहिचानमा सहयोग गर्न सचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।
टोखा नगर र ग्राण्डी अस्पतालको सहकार्यमा सञ्चालन हुने तालिममा अटिजम केयर नेपाल, नर्भिक नसिङ कलेज, अपाङता मानव अधिकार सोसाइटीको सहयोग रहनेछ ।
प्रकाशित: ८ मंसिर २०८२ १९:१५ सोमबार





