२० श्रावण २०८३ बुधबार
image/svg+xml
स्वास्थ्य

औषधि परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त

नेपाल सरकारले नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलमलाई नियुक्त गरेको छ।

नवनियुक्त अध्यक्ष आलमले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। 

परिषद्को अध्यक्षका लागि आवेदन दिएका उम्मेदवारहरूमध्येबाट छनोट प्रक्रिया पूरा गरेर उनलाई अध्यक्षमा नियुक्त गरिएको हो।

शपथ ग्रहणपछि मन्त्री मेहताले नेपाल फार्मेसी परिषद्लाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउन निर्देशन दिइन्। साथै, औषधि सेवा, फार्मेसी शिक्षा, पेशागत नियमन तथा जनविश्वास बढाउने काममा सक्रिय भूमिका खेल्न उनले आग्रह गरिन्।

प्रकाशित: २० श्रावण २०८३ १०:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App