४ चैत्र २०८२ बुधबार
image/svg+xml
स्वास्थ्य

प्रधानमन्त्री कार्कीका श्रीमान सुवेदी थप उपचार गर्न भारत जाने

प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान दुर्गाप्रसाद सुवेदीको स्वास्थ्यमा समस्या आएको छ ।  

स्वास्थ्यमा समस्या आएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका सुवेदी थप उपचार गर्न भारत जाने भएसँगै अस्पतालले आइतबार उनलाई डिस्चार्ज गरेको छ ।  

अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंका अनुसार सुवेदी पिसाबको सङ्क्रमण भएर बिहीबार अस्पताल भर्ना भएका थिए ।  

सुवेदीलाई पिसाबमा संक्रमणसँगै अन्य स्वास्थ्य समस्या पनि देखिएको अस्पतालले जनाएको छ ।  

सुवेदीले केही समय अघिमात्र प्रोस्टेटको शल्यक्रिया गराएका थिए ।

प्रकाशित: २० पुस २०८२ १८:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App