सिभिल अस्पतालले आज (मंगलबार) सबै ओपीडी सेवाहरू बन्द गरेको छ।
हिजो जेन-जीले गरेको प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार भइरहेका कारण आज मंगलबार अस्पतालका सबै ओपीडी सेवाहरू बन्द गरिएका हुन्। आन्दोलनमा घाइते भएका व्यक्तिहरूलाई समयमा उपचार गराउने प्रयासमा अस्पताल लागि परिरहेको जनाएको छ।
आन्दोलनका क्रममा घाइते भएका सिभिल अस्पतालमा १ सय ४१ जनाको उपचार गरिएको थियो भने थप उपचारका लागि ४२ जनालाई अन्य अस्पतालमा रेफर गरिएको थियो। उक्त अस्पतालमा उपचारका क्रममा तीन जनाको निधन भएको थियो।

प्रकाशित: २४ भाद्र २०८२ ०९:०३ मंगलबार





