नेपालमा अकुपञ्चरसम्बन्धी विशेषज्ञ सेवा दिँदै आइरहेको ब्लु लोटस हस्पिटलको दोस्रो सिस्टर अर्गनाइजेसनको रूपमा स्थापना भएको ओम ब्लु लोटस हेल्थ होम प्रालिले आफ्नो पाँचौँ वार्षिकोत्सव मनाएको छ ।
ललितपुरमा आयोजित कार्यक्रममा अध्यक्ष डा. सुरज कर्माचार्य, प्रमुख अतिथि डा. प्रसिद्ध खड्गी र प्रबन्ध निर्देशक बद्रीबहादुर कार्कीसहित सबै कर्मचारीको सहभागिता थियो ।
कार्यक्रममा अध्यक्ष डा. कर्माचार्यले 'नेपालका सबै नागरिकले सहज र विशेषज्ञस्तरको अकुपञ्चर सेवा प्राप्त गर्न सकुन्' भन्ने लक्ष्यले संस्थाको स्थापना गरिएको बताए।
उपचारको क्रममा कल्पनाभन्दा निकै धेरै बिरामीहरूको विश्वास, माया र सद्भाव प्राप्त भएको अनुभव बताउँदै उनले यसले आफूलाई अझ जिम्मेवार बनाएको बताए ।
डा. प्रसिद्ध खड्गीले ब्लु लोटसले छोटो समयमा बिरामीमै केन्द्रित सेवा, अनुभवी चिकित्सक टिम र अनुशासित व्यवस्थापनबाट आमनागरिकमा विश्वास स्थापित गर्न सफल भएको भन्दै प्रशंसा गरे।
प्रबन्ध निर्देशक बद्रीबहादुर कार्कीले संस्थाको सुरुवाती संघर्ष, हालको सफलता र आगामी लक्ष्यबारे गहिरो सम्बन्ध बताए । वरिष्ठ चिकित्सकहरू डा. झुलाराम अधिकारी र डा. कमल शर्माले संक्षेपमा मन्तव्य व्यक्त गर्दै संस्थाको प्रगति र अकुपञ्चर क्षेत्रमै पुर्याएको योगदानको चर्चा गरेका थिए ।
कार्कय्रममा अकुपञ्चर क्षेत्रमा योगदान पुर्याउने चिकित्सक तथा कर्मचारीहरूलाई सम्मान गरिएको थियो ।
प्रकाशित: २२ मंसिर २०८२ १९:५७ सोमबार





