भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला परेका छन्। आर्थिक वर्ष २०८२/ ८३ को अन्त्यमा एचआइभी परीक्षण गर्दा ८३ नयाँ रोगी पुष्टि भएको हो। त्यस वर्ष सात हजार ८०५ जनाको एचआइभी परीक्षण गरिएको थियो। अस्पतालका एचआइभी ‘फोकल पर्सन’ डा. सङ्केतकुमार रिसालले सङ्क्रमितलाई शीघ्र एआरटी सेवा प्रदान गरिएको बताए।
अस्पतालले एचआइभी सङ्क्रमितको पहिचानसँगै उपचारमा निरन्तरता, सङ्क्रमण रोकथाम तथा आमाबाट शिशुमा सङ्क्रमण सर्ने सम्भावना न्यूनीकरणलाई प्राथमिकतामा राख्दै सेवा सञ्चालन गरिरहेको जनाएको छ।
प्रकाशित: ८ भाद्र २०८३ ११:५१ सोमबार


-600x400.jpg)


-600x400.jpg)