२६ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
स्वास्थ्य

देशव्यापी सरकारी कार्यालय र अस्पताल सफाइ अभियान सुरु

सप्ताहव्यापी सफाइ अभियान कार्यक्रम सोमबार वीर अस्पतालबाट सुरु भएको छ। स्वास्थ्य तथा खानेपानी मन्त्री निशा मेहताले अभियानको उद्घाटन गरेकी छन्। मन्त्री महेता आफैँ सफाइमा सहभागी भइ अभियानको सुरु गरेकी हुन्।

अभियानमा खानेपानी मन्त्रालयका कर्मचारी, स्वास्थ्य सेवा विभाग, स्वास्थ्य मन्त्रालय लगायतका निकायका उच्च पदस्थ कर्मचारी अस्पताल सफाइमा सरिक भएका थिए।

सोही दिन अन्य सरकारी अस्पतालहरूमा पनि सफाइ अभियान सुरु भएको अस्पतालहरूले जनाएका छन्। सोमबार नै स्वास्थ्य सेवा विभाग, टेकु अस्पताललगायत सबै सहभागी भएको वीर अस्पतालका प्रशासन प्रमुख हरिप्रसाद पंगेनीले जानकारी दिए। 'प्रधानमन्त्री कार्यालयबाटै जारी भएको सफाइ अभियानले सरकारी विद्यालयदेखि कार्यालय, स्वास्थ्य संस्था सबैलाई उच्च सफाइ राख्ने उद्देश्य हो,' उनले भने। सोमबारदेखि देशभरका सरकारी कार्यालयमा अभियान सुरु भएको छ। 

सरकारले सरकारी कार्यालय तथा स्वास्थ्य संस्थालाई थप सफाइ गर्ने र सफाइको स्थितिलाई निरन्तरता दिन एक साताका लागि सफाइ अभियान चलाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री कार्यालयले गरेको निर्णयलाई ग्रहण गर्दै देशभरका सरकारी स्वास्थ्य संस्था तथा अस्पतालहरूमा साताभर अभियान जारी रहेन मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले बताए।

आधिकारीका अनुसार प्रिमनसुनसँगै देखा परेको डेंगी संक्रमणको जोखिम घटाउन र अन्य संक्रमणजन्य रोग नियन्त्रणमा पनि यसले भूमिका खेल्ने बताए।

प्रकाशित: २८ वैशाख २०८३ १०:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App