स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरिका सम्पूर्ण एम्बुलेन्स र शव वाहनको विवरण अनिवार्य उपलब्ध गराउन सूचना जारी गरेको छ।
आज एक सूचना जारी गर्दै यही मङ्सिर २१ गतेभित्र अनिवार्य रूपमा मन्त्रालयको इमेल ठेगानामा विवरण उपलब्ध गराउन अनुरोध गरेको हो।
आम नागरिकलाई प्रभावकारी, व्यवस्थित, मितव्ययी तथा सेवाग्राहीमैत्री एम्बुलेन्स र शव वाहन सेवाका लागि एकीकृत प्रणालीलाई सुदृढीकरण गर्न आवश्यक रहकाले हाल नेपालमा सञ्चालनमा रहेका सम्पूर्ण एम्बुलेन्स तथा शव वाहनहरूको विवरण सम्बन्धित सेवा प्रदायक संस्थाहरूले पठाउनुपर्ने मन्त्रालयले जनाएको हो।
हाल एम्बुलेन्स सेवा निर्देशिका, २०८२ र शव वाहन सेवा सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७७ कार्यान्वयनमा छ।
प्रकाशित: १६ मंसिर २०८२ १६:१२ मंगलबार





