वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र तिलगंगा आँखा प्रतिष्ठानबिच स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानका लागि समझदारी भएको छ। दुई संस्थाबिच राष्ट्रिय, अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरूसँग सहकार्य गर्दै स्वास्थ्य सेवा, शिक्षा तथा अनुसन्धानमा गुणात्मक वृद्धि गर्ने दीर्घकालीन नीति अनुरुप समझदारी भएको हो।
सम्झौतापत्रमा प्रतिष्ठानका तर्फबाट उपकुलपति प्राध्यापक डाक्टर बिक्रप्रसाद श्रेष्ठ र तिलगंगा आँखा प्रतिष्ठानका तर्फबाट कार्यकारी निर्देशक प्राध्यापक डाक्टर सन्दुक रुइतले हस्ताक्षर गरेका छन्। सो क्रममा वीपी प्रतिष्ठानका तर्फबाट अस्पताल निर्देशक डाक्टर जगत नारायण प्रसाद र आँखा प्रतिष्ठानका तर्फबाट अस्पताल निर्देशक डाक्टर श्रृजना अधिकारीले पनि हस्ताक्षर गरेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता प्राध्यापक डाक्टर शमशेर श्रेष्ठले जारी गरेको प्रेस नोटमा उल्लेख छ।
प्रकाशित: ४ वैशाख २०८३ १२:५० शुक्रबार





