४ चैत्र २०८२ बुधबार
image/svg+xml
स्वास्थ्य

७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा : कार्यवाहक प्रमुख डंगोल

काठमाडौं महानगरपालिकाले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई आजदेखि  घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरेको छ। 

कार्यवाहक नगर प्रमुख सुनिता डंगोलले आजदेखि कार्यक्रमको औपचारिक सुरुवात भएको जानकारी गराएकी छिन्। 

उनले स्वास्थ्य सेवा अस्पतालमा मात्र सीमित नहुने भन्दै महानगरले ज्येष्ठ नागरिकहरूका लागि घरदैलोमै स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था गरेको उल्लेख गरेकी छिन्।

उनका अनुसार स्वास्थ्य सर्वेक्षण, नियमित स्वास्थ्य परीक्षण, स्वास्थ्य प्रवर्द्धनसम्बन्धी परामर्श, आवश्यक औषधि उपलब्ध गराउनेदेखि जटिल अवस्थामा अस्पतालसम्म पुर्‍याउने सहजीकरण समेत गरिनेछ। 

कार्यवाहक नगर प्रमुख डंगोलले  शारीरिक रूपमा असक्त वा अस्पताल पुग्न कठिनाइ हुने ज्येष्ठ नागरिकहरूलाई लक्षित गरी यो सेवा सुरु गरेको बताइन्। 

प्रकाशित: १८ माघ २०८२ ११:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App