१ वैशाख २०८३ मंगलबार
image/svg+xml
स्वास्थ्य

हप्तामा ६ दिन नै अस्पताल खोल्न स्वास्थ्य मन्त्रालयको अनुरोध

आइतबार पनि सेवा दिन अग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रायले हप्तामा ६ दिन नै अस्पताल खोल्न अनुरोध गरेको छ। 

सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको भएपछि स्वास्थ्य सेवा प्रवाहलाई निरन्तर र प्रभावकारी बनाइराख्न ६ दिन नै अस्पताल खोल्न मन्त्रालयले अनुरोध गरेको हो। 

मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारले अस्पतालको क्षमता अनुसार आइतबार पनि सेवा दिन अनुरोध गर्दै कामको चाप र जनशक्ति हेरेर ओपिडी सेवा उपलब्ध गराउन अनुरोध गरे। 

तर सरकारको निर्णय अनुसार शनिबारबाहेक हप्तामा अर्को कुनै एक दिन बिदा दिने व्यवस्था गर्न र बिदा दिन नसक्ने अवस्थामा सट्टा बिदा दिन उनले नागरिकन्युजमार्फत सबैसँग अनुरोध गरे। 

प्रादेशिक अस्पताललाई पनि यही व्यवस्था मिलाउन सातै प्रदेशका स्वास्थ्य विषय हेर्ने मन्त्रालयलाई डा. अधिकारीले आग्रह गरेका छन्। 

प्रकाशित: २७ चैत्र २०८२ १६:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App