२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
स्वास्थ्य

भक्तपुरमा १७७ जनाको निःशुल्क आँखा जाँच

भक्तपुरको मध्यपुर थिमी नगरपालिका–८ बोदेको आयोजनामा बिहीबार निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ।

शिविर ख्वप–तिलगंगा आँखा केन्द्रको प्राविधिक सहयोगमा बोदेस्थित शहरी स्वास्थ्य केन्द्रमा सञ्चालन गरिएको थियो।

मध्यपुर थिमी नगरपालिका–८ का वडा अध्यक्ष रमेश थापा श्रेष्ठका अनुसार, शिविरमा १७७ जनाको आँखा जाँच गरिएको छ। जाँचमा सहभागीहरूलाई आवश्यकता अनुसार निःशुल्क औषधि र चश्मा वितरण गरिएको थियो।

शिविरमा १६ जनामा मोतीबिन्दु देखिएका र ती सबैको निःशुल्क अपरेशन गर्ने व्यवस्था गरिएको वडा कार्यालयले जनाएको छ।

प्रकाशित: १३ कार्तिक २०८२ १८:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App