१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
स्वास्थ्य

वीरगन्ज महानगरपालिका क्षेत्रमा खानेपानी परीक्षण जारी

वीरगन्ज महानगरपालिकामा खानेपानी परीक्षण तथा शुद्धीकरणलाई जारी राखिएको छ।  ती कार्यका लागि घुम्ती सवारीसाधनसहितको टोली परिचालन गरिएको खानेपानी तथा ढल व्यवस्थापन विभागले जनाएको छ।

 विभागका महानिर्देशक रामकुमार श्रेष्ठले हैजा रोगको सङ्क्रमण पुष्टि भएका क्षेत्रमा खानेपानी परीक्षण र शुद्धीकरणका लागि आवश्यक सामग्रीसहितको टोली खटिएको र आवश्यक थप सामग्री आज पठाउन लागिएको जानकारी दिए। 

उनले भने, 'हामीले त्यस क्षेत्रको खानेपानी परीक्षण गर्न तत्कालै सवारी साधन सहितको घुम्ती टोली खटाएका छौँ। पानी परीक्षण र शुद्धीकरणका लागि आवश्यक पर्ने थप सामग्री आज पठाइँदै छ।' वीरगन्जमा शुक्रबार तीन जनामा हैजा रोगको सङ्क्रमण पुष्टि भएको जनाइएको छ। रासस

प्रकाशित: ८ भाद्र २०८२ १०:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App