प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरको स्वास्थ्यमा सुधार देखिएको छ । बेहोस भएपछि उनलाई ललितपुरस्थित किष्ट मेडिकल कलेजमा भर्ना गरिएको छ ।
बेहोस अवस्थामा अस्पताल भर्ना भएकी उनको होस आएको र उपचार भइरहेको अस्पतालले जनाएको छ ।
अस्पतालले उपसभामुखको सुगर लेभल कम भएको, अहिले होस आएको र प्राथमिक उपचारपछि स्वास्थ्य स्थिर रहेको जनाएको छ ।
अहिले चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको छ ।
प्रकाशित: १६ वैशाख २०८३ १६:०३ बुधबार





