सरकारले आगामी वर्षको लागि स्वास्थ्यतर्फ १ सय १ अर्व ९५ करोड रुपैंया बिनियोजना गरेको छ।
जसमा स्वास्थ्य बिमाको लागि १५ अर्व , अमा सुरक्षा कार्यक्रम लगायतको लागि १३ अर्व १५ करोड विनियोजन गरेको छ।
स्वास्थ्य बिमा बोर्डको लागि विनियोजित बजेट बोर्डले घोषणा गरेको बक्यौता रकम भन्दा कम देखिएको छ।जुन चालु आर्थिक वर्षको भुक्तानीको लागि भन्दा कम देखिएको छ।
बिमा कार्यक्रमलाई प्रभावकारी बनाउनको छरिएर रहेका सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत बनाउने घोषणा गरेको छ।
प्रकाशित: १५ जेष्ठ २०८३ १७:४९ शुक्रबार





