१६ चैत्र २०८२ सोमबार
image/svg+xml
स्वास्थ्य

साकेलामा सेनाको चलायो स्वास्थ्य शिविर

खोटाङको साकेला गाउँपालिकामा नेपाली सेनाले आयोजना गरेको निःशूल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सेनाको रणभीम दल गण मुढे व्यारेकको आयोजनामा भएको शिविरमा ३ सय ५ जनाले स्वास्थ्य सेवा लिएका छन् । सेवा लिनेमध्ये २ सय ५८ जना महिला रहेको गणले जनाएको छ ।  

गाउँपालिकाका सूचना अधिकारी डिएम चामलिङका अनुसार गाउँपालिका स्वास्थ्य शाखाका कर्मचारी र गणको स्वास्थ्य टोलीले शारीरिक परीक्षणसँगै मुटु, मृगौला, छाला तथा यौन सोन्दर्य, हाडजोर्नी तथा नशारोग, प्रसुति तथा स्त्रीरोग, रक्तचाप (प्रेसर), मधुमेह (सुगर)लगायतका रोगको जाँच गरेका थिए ।  

गाउँपालिका २ रतन्छास्थित साकेला आधारभूत अस्पतालको प्रांगढमा सञ्चालित शिविरमा परीक्षण गर्ने क्रममा देखा परेका रोगसम्बन्धी विभिन्न औषधि पनि निःशूल्क वितरण गरिएको थियो । वितरित औषधिको व्यवस्था नेपाली सेना र गाउँपालिकाले संयुक्त रुपमा गरेका थिए ।

 

प्रकाशित: १६ चैत्र २०८२ २०:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App