जिल्लामा रेविज रोकथामको लागि खोप अभियान सञ्चालन गरिएको छ। प्राणघातक रेविज रोग निन्यन्त्रण तथा रोकथामका लागि साप्ताहिक खोप अभियान सञ्चालन गरिएको हो।
यो अभियानमार्फत गाउँघरमा रहेका कुकुर तथा विरालालाई निःशुल्क खोप लगाउने काम जारी रहेको भेटेरेनरी अस्पताल तथा सेवा विज्ञ केन्द्रलेका प्रमुख पुष्पराज दाहालले जानकारी दिए।
'रेविज रोग नियन्त्रणको लागि निःशुल्क खोप अभियान सञ्चालन गरिरहेका छौँ,' उनले भने, 'यो अभियानमार्फत घरपालुवा सम्पूर्ण कुकुर, बिरालोलाई खोप लगाउँछौँ।'
निःशुल्क खोप अभियान यहि असोज ६ गतेबाट १२ गतेसम्म सञ्चालन भइरहेको केन्द्रले जनाएको छ। अहिले स्थानीयले दैनिक १५/२० कुकुर, बिरालोलाई खोप लगाउनको लागि ल्याउने गरेका छन्। रेविज रोग उन्मुलनका लागि बर्सेनि खोप अभियान सञ्चालन भइरहेको कार्यालयले जनाएको छ। रासस
प्रकाशित: ९ आश्विन २०८२ १२:१९ बिहीबार





