१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

डेंगीबाट बच्न सिकाउने हातेपुस्तिका

तपाईँलाई डेंगी लाग्ला भन्ने मनमा छ? या पहिला पनि डेंगी संक्रमण भइसकेको हो? यस्तो छ भने तपाईँ अब आत्तिनु पर्दैन। सरकारले डेंगीबाट कसरी बच्ने भन्ने विषयमा विस्तृत रूपको हातेपुस्तिका तयार पारेको छ। 

सरकारले उक्त पुस्तक साउनको पहिलो साता सार्वजनिक गरेको हो। पुस्तकमा डेंगी सार्ने लामखुट्टे सम्बन्धी जानकारी, डेंगीको लक्षण तथा उपचार, डेंगीको रोकथाम कसरी गर्ने, नियन्त्रण कसरी गर्ने र अन्य निकायको भूमिका के हुनु पर्छ भन्ने विषयमा विस्तृत जानकारी रहेको छ।  

यसको साथै डेंगी नियन्त्रणको लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको छुट्टाछुट्टै भूमिका बारेमा पनि विस्तृत जानकारी दिएको छ। पुस्तकले आम नागरिक, टोल, समुदाय, वडा, पालिका तथा स्वास्थ्य संस्था र तीनै तहका सरकारकाले निभाउनु पर्ने भूमिका बारेमा पनि जानकारी प्रदान गरेको छ।  

पुस्तक अध्ययनको लागि इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाको वेबसाइटमा डिजिटल कपी र स्वास्थ्य संंस्थाहरूमा हाते पुस्तक नै उपलब्ध रहेको छ।

प्रकाशित: ६ श्रावण २०८२ १४:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App