६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

भरतपुर अस्पतालको अत्याधुनिक 'आकस्मिक सेवा' नयाँ भवनबाट

भरतपुर अस्पतालको अत्याधुनिक आकस्मिक (इमर्जेन्सी) सेवा दशकपछि नयाँ भवनबाट सुरुआत भएको छ। भरतपुर अस्पतालले तीस बर्षपछि आकस्मिक कक्ष नयाँ भवनबाट विस्तार गरेको हाे।

‘२०४९ सालमा गिरिजाप्रसाद कोइरालाले उद्घाटन गरेको पुरानो भवनबाट आकस्मिक सेवा सञ्चालन गरेका थियौँ, त्यहाँ २० बेडमार्फत आकस्मिक सेवा सञ्चालन थियो,’ भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले भने, ‘अहिले ५० बेड सहितको आकस्मिक कक्षबाट सेवा दिँदै छौँ।’ भरतपुर अस्पतालमा २०७८ सालमा पौडेलले १० बेडको आकस्मिक कक्षलाई २० बेडमा  पुर्‍याएका थिए। आकस्मिक सेवाकालागि सरकारले दिएको बजेटबाट डेढ वर्षमै काम सम्पन्न भएपछि सेवा विस्तार गरेको हो। नयाँ भनेका आकस्मिक कक्षमा गुडाउने बेड, एक्सरे, प्रयोगशाला, सामान्य शल्यकक्षसमेत संगै हुने उनले बताए। यसअघि आकस्म्कि कक्षका लागि आवश्यक पर्ने आधारभूत पूर्वाधार नहुँदा उपचारमा समस्या हुँदै आएको थियो। यी सेवा सञ्चालनका लागि पूर्वाधार जडानको काम भइरहेको उनले बताए।  

उनका अनुसार अस्पतालको जम्मा बेड संख्याको दस प्रतिशत आकस्मिक बेड चाहिने मापदण्ड छ। तर, ६ सय बेडको भरतपुर केन्द्रीय अस्पतालमा जम्मा २० बेडको आकस्मिक कक्ष थियो। नियमअनुसार ६ सय बेडको अस्पतालमा ६० बेड आकस्मिक कक्ष हुनुपर्नेमा अझै बेड संख्या दसवटा कम भएको मेसु डा.पौडेलले बताए।  

'भरतपुर अस्पतालको आकस्मिक कक्षमा दैनीक सयभन्दा बिरामी आउनुहुन्छ। हामीसंग २० बेडमात्र थियो। साँघुरो हुँदा बिरामीलाई बाहिर पठाउनुपर्दथ्यो। उपचार गर्न असह हुँदै आएको थियो,' उनले भने, 'हामीलाई ५० बेडले पनि पुग्दैन।' अहिले आकस्मिक कक्ष फराकिलो भएकाले आवश्यक अवस्थामा भूईमा राखेर भएपनि सेवा दिन सक्ने उनले बताए। चितवन सवारी दुर्घटना बढी हुने जिल्ला समेत पर्दछ। यहाँ बाहिरी जिल्लाबाट समेत बिरामी आउने गर्दछन्। यस्तो अवस्थामा भूईमा राखेर उपचार गर्ने ठाउँ समेत नहुने गरेको उनले बताए।  

आकस्मिक कक्षको विस्तार गरेसंगै अस्पतालले जनशक्ति समेत थप गरेको छ। पाँच/पाँच जना चिकित्सक र स्टाप नर्स थप गर्ने उनले बताए। ‘५० बेड सहितको अस्पतालमा १५ चिकित्सक, १५ जना नर्स पारामेडिसियन १५ जना आवश्यक पर्दछ,’उनले भने, ‘सोही अनुसार व्यवस्था गर्ने गरि जनशक्ति थप गर्दैछौँ।’ अस्पतालले पाँच जना चिकित्सक माग समेत गरिसकेको छ। पाँच जना नर्सको मंगलबार सूचना प्रकाशित गर्ने उनले बताए। अस्पतालले आकस्मिक सेवामा तला थपेर ट्रमा सेन्टर समेत बनाउने योजना बनाएको छ।  

भरतपुर अस्पतालमा दैनीक एक हजार ५ सयको हाराहारीले ओपिडि सेवा लिने गरेका छन्। केन्द्रीय अस्पताल रहेको भरतपुर अस्पतालमा बाग्लुङ, पर्वतदेखि रौतहतसम्मका बिरामी आउने गर्दछन्। ६ सय बेड रहेको अस्पतालमा उपचारका लागि बेड पाउनसमेत मुश्किल हुने गर्दछ।

प्रकाशित: २५ आश्विन २०७९ १२:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App