१२ आश्विन २०७९ बुधबार
स्वास्थ्य

राष्ट्रिय चिकित्सक संघको अध्यक्षमा डा गौतम

राष्ट्रिय चिकित्सक संघको अध्यक्षमा डा जागेश्वर गौतम निर्वाचित भएका छन्। शनिबार  सम्पन्न संघको दोस्रो राष्ट्रिय सम्मेलनले डा गौतमको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको संघका निवर्तमान अध्यक्ष डा सन्तोष पौडेलले जानकारी दिए।  

उनका अनुसार सम्मेलनले उपाध्यक्षमा डा रणजितकुमार झा, डा नवीन पोखरेल र डा रक्षा श्रेष्ठलाई चयन गरेको छ। यसैगरी संघको महासचिवमा डा पुष्पमणि खराल, कोषाध्यक्षमा डा सुनिल गजुरेल, सचिवमा डा मिलन गैरे, डा छवि पन्थी र डा क्रिष्टिना श्रेष्ठ रहेका छन्।  

सम्मेलनले सातवटै प्रदेशको संयोजकसमेत तोकेको छ। केन्द्रीय सदस्यलाई  प्रदेश संयोजक तोकिएको छ। यस्तै प्रदेश १ मा डा प्रमोद बराल, मधेसमा डा महेश महासेठ, बागमती प्रदेशमा डा जगदीश थापा, गण्डकी प्रदेशमा डा डेविड श्रेष्ठ, लुम्बिनी प्रदेशमा डा सागर न्यौपाने, कर्णाली प्रदेशमा डा कविराज पौडेल, सुदूरपश्चिम प्रदेशमा डा निरज अर्याल र काठमाडौँ उपत्यकामा डा कालुसिंह खत्रीलाई चयन गरेको छ।

नवनिर्वाचित अध्यक्ष डा गौतमले चिकित्सकको हकहित र  सङ्गठन विस्तारको काम गर्ने बताए। अहिले संघका बागमती प्रदेश र लुम्बिनी प्रदेशमा कमिटी तथा देशभरि नौवटा शाखा रहेका छन्। उनले सातवटै प्रदेश, ७७ वटै जिल्ला, शिक्षण अस्पताल र प्रतिष्ठानमा सङ्गठन विस्तार गर्दै स्वास्थ्य सेवालाई जनताको पहुँचमा पु¥याउनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग मिलेर काम गर्ने जानकारी दिए। संघमा  देशभरि पाँच सय चिकित्सक आवद्ध रहेको बताइएको छ।

प्रकाशित: २ आश्विन २०७९ ०९:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App