१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

शुक्राराज ट्रपिकलमा मात्रै दैनिक सय डेंगीका बिरामी

फाइल तस्बिर

काठमाडौं उपत्यकामा तीन सातादेखि फैलिएको डेंगी संक्रमण अहिले घरघर र टोलटोल फैलिसकेको चिकित्सकहरूले जनाएका छन्। 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक १ सय जनाभन्दा बढी डेंगीका बिरामी उपचार गर्न पुगेका छन्। उनीसँगै घरका सबैजनामा संक्रमण भएको भेटिएको छ। यो हिसाबले उनीहरूको परिवारसहित ४ दैनिक ४ सय जनामा संक्रमण भइरहेको देखिएको अस्पतालका अनुसन्धान शाखाका संयोजक डा. शेर बहादुर पुनले बताए।  

राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो वर्ष अर्थात् भदौको १८ गतेसम्ममा देशभरिमा ५ हजार २९ जनामा डेंगी संक्रमण भइसकेको छ। सात प्रदेशमध्येमा सबैभन्दा बढी वाग्मती प्रदेशमा ३ हजार २ सय २७ जनामा? डेंगी पुष्टि भइसकेको छ। त्यसपछि लुम्बिनी प्रदेशमा ७ सय ७० जना र प्रदेश १ मा २१ जनामा डेंगी पुष्टि भइसकेको छ। सबैभन्दा बढी ललितपुरमा १८ सय ३२ जनामा डेंगी पुष्टि भएको छ। काठमडौंमा ८ सय ८८ जनामा र मकवानपुरमा ५ सय ९८ जना छन्। आइतबारसम्मा ७५ वटा जिल्लामा डेंगी फैलिइसकेको छ।  

राजधानीमा मुख्य अस्पतालमामा २५ जनाभन्दा बढीको दरले डेंगीका बिरामी उपचारमा छन्। उपत्यकामा डेंगी नियन्त्रणका लागि सरकारले आइतबारदेखि लामखुट्टेको लार्भा खोजी गरी कारवाही गर्ने प्रक्रिया अघि बढाएको महाशाखाको किटजन्य शाखाले जनाएको छ। यो अभियान थप २५ दिन लाग्ने शाखाका भेक्टर इन्सपेक्टर उत्तम प्याकुरेलले बताए। ‘ उपत्यकामा साताको दुई दिन हरेक नगरपालिकामा यो अभियान सुरु भएको छ, अब बीस/पच्चीस दिन लाग्छ,’ उनले भने।  

काठमाडौंजस्तो घनाबस्ती भएको सहरमा छिटो लामखुट्टे खोजी गरी त्यसको लार्भा नष्ट गर्ने विषय आफैंमा चुनौतीपूर्ण भएकाले लामखुट्टेको टोकाइबाटै बच्न अरू उपाय अपनाउनुपर्ने चिकित्सकको सुझाव छ। डेंगी सार्ने लामखुट्टे घरदेखि कार्यालय चियापसल, जहाँ पनि भेटिएको स्थिति रहेकोले सबै ठाउँमा जोखिम रहेको डा. पुन बताउँछन्। यस्तो अवस्थामा झुल टाँगेर मात्र उपाय नभएको उनको तर्क छ। काठमाडौ सहरको घनाबस्तीमा यति छिटो लामखुट्टे नष्ट अभियान सम्भव नदेखिएकोले सबैले नष्ट अभियान सकिनुअघि नै लामखुट्टेको टोकाइबाट बच्न वैकल्पिक उपाय अपनाउनु उचित रहेको चिकित्सकको सुझाव छ। 

प्रकाशित: २० भाद्र २०७९ ०१:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App