१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

सहरबासी नै सचेत छैनन् 'होल बडी' चेकअपप्रति

‘होल बडि चेकअप’ (सम्पूर्ण शरीर परीक्षण) प्रति सहरबारी नै सचेत नभएको पाइएको छ। होड वडी चेकअप गर्नुपर्छ भन्ने विषयमा राजधानीबासी नै खासै चासो राख्दैनन्। होल वडी चेकअप काठमाडौँका लागि एक आम विषय बनेको छ तर व्यस्त जीवनशैलीका कारण खासै धेरैले होल वडी चेकअप नगराउने गरेको सरोकारवालाहरु बताउँंछन्।

‘वर्तमान पुस्ताका लागि आफ्नो स्वास्थ्यमा ध्यान दिनका लागि निकै कम समय रहन्छ। अस्तव्यस्त जीवनको भागदौडमा अधिकांश व्यक्तिहरु आफ्नो स्वास्थ्यको नियमित चेकजाँचमा भने चुकेका देखिन्छन्, डा महेश दाहाल भन्छन्, ‘नियमित सम्पूर्ण शरीर चेकजाँच गर्नुका फाइदाहरु एक होइनन् अनेक छन्।’

डा दाहालका अनुसार यसको पहिलो फाइदा लक्षण बिना नै रोगको पहिचान गर्न सक्नु हो। ‘अधिकांश साझा रोगहरुमा सुक्ष्म लक्षणहरु रहेका हुन्छन्। यसलाई बिरामीले बेवास्ता गर्ने गर्छन्’ डा दाहाल थप्छन्, ‘जस्तो उदाहरणका लागि एनिमिया (रगत/हेमोग्लोबिनको मात्रा कम हुनुका न्युनतम लक्षणहरु रहेका हुन्छन्।’

सन् २०११ को अध्ययनले १५–४९ उमेर समूहका ३५ प्रतिशत नेपाली महिलामा एनिमियाको समस्या रहेको देखाएको थियो। एनिमिया सम्पूर्ण शरीर चेकजाँच गर्ने समयमा गरिने सामान्य रक्त परीक्षणको माध्यमबाट नै थाहा पाउन सकिन्छ।

अधिकांश एनिमिया आन्द्रामा रहेका परजिवी, कम खाना अथवा महिनावारीको दौरानमा हुने अत्याधिक रक्तश्रावको कारण हुने गर्छ। यी सबै प्रकारका समस्या कम मूल्यमा नै उपलब्ध हुने सामान्य औषधिबाट नै निराकरण गर्न सकिन्छ। त्यस्तै, पित्तथैलीको पत्थरी पनि थाहा नहुने तर, जटिलता पैदा गर्ने प्रकृतिका हुन्छन्। पत्थरी पनि दुखाई बिना नै गरिने एक सामान्य अल्ट्रासोनोग्राफी (भिडियो एक्सरे) बाट नै गर्न सकिन्छ। यसैगरी अल्ट्रासोनोग्राफीकै माध्यमबाट ‘फ्याटि लिभर’ (कलेजोमा बोसो जमेको अवस्था) बारे थाहा पाउन सकिन्छ। 

कलेजोको फेल नै गराउनेजस्ता गम्भीर क्षतिको कारक तत्व यस फ्याटि लिभरको समस्याले प्रायजसो बढी तौल भएका र मोटोपनका समस्या भएका व्यक्तिलाई बढी सताउने गर्छ। यद्यपि समयमै पत्ता लगाई गरिएको यस उपचारको लागत भने प्रभावकारी रहन्छ। ‘होल बडी’ स्वास्थ्य परीक्षण उच्च रक्तचाप तथा सुगरजस्ता वशांणुगत समस्या भएका पारिवारका सदस्यका लागि पनि उपयुक्त रहने चिकित्सकहरु बताउँंछन्।

स्वास्थ्य समस्या निवारणमुखी संस्था क्लिनिक वानका व्यापार प्रबद्र्धन अधिकृत (विडीओ) ईशा ढकाल आफैंले होल वडी चेकअप गर्नुपरयो भनेर आउनेहरु काठमाडौमा नगन्य रहेको अनुभब सुनाउँंछिन्। होड वडी चेकअपको महत्व बुझाउन खोज्दा सहरबासी नै गर्नुपर्छ र ? भनी प्रश्न गर्ने गरेको अनुभब ढकाल सुनाउँंछिन्।  

कम लागतमै लाभ प्राप्त गर्न सकिने यो सेवा ४० वर्ष माथिका सवै उमेरका मानिसले वर्षमा एकपटक गर्नुपर्छ। यसबाट  

कुनै पनि रोगले जटिल अवस्था लिइसकेपछि त्यसको निदान आर्थिक दृष्टिकोणले पनि निकै भार पर्न जाने खतराबाट मुक्ति मिल्छ। तसर्थ गम्भीर रोगहरुको पहिचान शुरुवाती चरणमा नै गर्न सकिएको खण्डमा त्यसले आर्थिक पक्षमा पनि सघाउ पुर्‍याउँन महत्वपुर्ण भूमिका खेल्ने गर्दछ।

रक्त ग्लूकोज (सुगर) को मात्रा जाँच मधुमेहको पहिचान गर्ने न्युन लागतको गतिलो माध्यम हो। सन् २०१६ मा गरिएको मधुमेहको आँकलन हेर्ने हो भने त्यसताका ९.१ प्रतिशत नेपालीहरु मधुमेहका शिकार भएको देखिन्छन्। यस्तै, नियमित रुपमा गरिने अन्य जाँच भनेको सेरम क्रिएटनीनको स्तर तथा पिसाब जाँच पनि हुन्। यी दुवै परीक्षण मिर्गाैलाको कार्य क्षमता मापन गर्नका लागि गरिन्छ।

मिर्गाैला फेल पनि अन्तिम चरणमा लक्षण देखापर्ने प्रमुख रोगहरुमध्ये एक हो। गुप्त तथापि गम्भीर मानिने यस समस्या पनि होल बडी चेकजाँचको माध्यमबाट नै पत्ता लगाउन सकिन्छ।

यसका अलावा वैदेशिक यात्रा तयारीका लागि, संक्रामक रोगको पहिचानका लागि पनि होल वडी चेक अप महत्वपूर्ण हुन्छ। साथै गर्भाधारण तयारीका निमित्त, नियमित स्क्रिनिंग (जाँच) गराउन, आफ्नो वर्तमान स्वास्थ्य स्थितिबारे थाहा पाउन पनि होल वडी चेकअप आवश्यक पर्दछ।  

यससँंग सम्वन्धित एकजना नर्स सृजना दाहाल होल वडी चेकअपका लागि विहानको समय उपयुक्त हुने अनुभब सुनाउँंछिन्। होल वडी चेकअपका लागि ६ देखि आठ घण्टा नखाएको हुँदा राम्रा हुने भएकाले विहानको समय उपयुक्त हुने उनी सुनाउाँंछिन्। साथै भोज नगएको बेला (नर्मल डाइट) को समय, गर्भवती नभएको अवस्थामा होल वडी चेकअप उपयुक्त हुने उनको सुझाब छ।  

झण्डै एकडेढ घण्टामै होल वडी चेकअप सकिने बताइन्छ। यसका लागि सेवा अनुसारको शल्क लाग्ने बताइएको छ। घटीमा दुई हजार पाँंच सयदेखि पाँंच हजारसम्मको शुुल्कमा होल वडी चेक अप हुने बताइएको छ। होल बडी नभई छुटाछुटै चेक अप गर्ने हो भने यसको मूल्य दस हजार रुपैयाँं भन्दा वढी हुने गरेको सरोकारवालाहरु जनाउँंछन्।  

सन् १९४८ मा विश्व स्वास्थ्य संगठनले स्वास्थ्यलाई रोग या दुर्बलताको अनुपस्थिति मात्र नभई व्यक्ति शारीरिक, मानसिक एवम् सामाजिक तवरबाट समेत सबल हुनु हो भनी व्याख्या गरेको छ।

मानवजातिले कुनै पनि प्रकारको रोग र त्यसबाट पैदा हुने असक्षमता, पीडा तथा रोकथामलाई आफ्नो प्राथमिकतामा राख्दछ। यसस्वरुपः चिकित्सा विज्ञान त्यस्ता रोगहरुको प्रारम्भिक चरणमा नैै पत्ता लगाई त्यसको प्रभावकारी उपचार तथा त्यसबाट पैदा हुने जटिलतालाई समयमै रोक्न सकियोस् भन्नका लागि निरन्तर लागि परिरहेको छ।

बक्स

केके चेकअप हुन्छ यसमा?  

१ सि. बि. सि.

२ ई. एस. आर.

३ खाली पेटमा गरिने सुगर जाँच

४ लिपिड प्रोफाईल

५ युरिक एसिड

६ पिसाब जाँच

७ दिसा जाँच

८ थाइरड टेस्ट

९ अल्ट्रासाउण्ड (पेट तथा पेल्भिस)

१० छातीको एक्स रे

११ ई. सि. जि

१२ मिर्गौलाको कार्य सम्बन्धी जाँच

१३ कलेजोको कार्य सम्बन्धी जाँच

१४ दन्तरोग सम्बन्धी परामर्श

१५ आँखाको दृष्टी सम्बन्धी परामर्श

१६ फिजिसियनसगँ परामर्श

१७ बिहानको नास्ता आदि  

प्रकाशित: ५ भाद्र २०७९ १३:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App