६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

थप पाँच सय ४२ जनामा संक्रमण पुष्टि

बितेको २४ घण्टामा पाँच सय ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पीसीआर र एन्टिजेन गरी चार हजार नौ सय ३० जनाको नमुना परीक्षण गर्दा पाँच सय ४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यस्तै सोही अवधिमा चार सय २१ जना संक्रमित निको भएका छन्। बितेको २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन। अहिले नेपालमा पाँच हजार दुई सय ६५ जना सक्रिय संक्रमित रहेका छन्।

यसैबीच बितेको २४ घण्टामा ९७ हजार ६ सय ५७  जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित: २ भाद्र २०७९ १२:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App