१० माघ २०८२ शनिबार
image/svg+xml
स्वास्थ्य

आज देशभर थप ८५२ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर थप ८५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८८३ जनाको परीक्षणमा ८५२ जनामा संक्रमण पुष्टि भएको हो।

३ हजार ८७६ जनाको पीसीआर परीक्षण गर्दा ५३१ जना र २ हजार ५०७ जनाको एन्टिजेन परीक्षण गर्दा ३२१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ४६२ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा ३२८ जना संक्रमणमुक्त भएका छन्।

प्रकाशित: १ भाद्र २०७९ ११:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App