१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

फेरि उकालो लाग्दै कोरोना

कालिकोट जिल्लामा चौथो लहरको कोरोनाका बिरामी भेटिएका छन्। जिल्ला अस्पताल कालिकोटमा लक्षण सहित ज्वरोका बिरामी आएपछि एन्टीजेन परीक्षण गर्दा कोरोनाका बिरामी भेटिएका हुन्। स्वास्थ्य सेवा कार्यालय कालिकोटका सूचना अधिकारी जनस्वास्थ्य अधिकृत कटक महतका अनुसार केहि दिन यता कोरोना सङ्क्रमणका बिरामी भेटिएकाले स्वास्थ्य मापदण्ड लागु गर्न सूचना गरेको बताए।  

कालिकोटमा लामो समयपछि कोरोनाका बिरामी भेटिएका हुन्। गएको फागुन महिना यता कालिकोटमा कसैमा पनि कोरोना देखा परेको थिएन। झण्डै छ महिना पछि फेरि कोरोना सङ्क्रमण फैलिन थालेपछि अस्पताल क्षेत्रमा मास्कको प्रयोग गर्न र सेनिटाईजरको प्रयोगका साथै सामाजिक दुरी कायम राख्न थालिएको छ।  

चार दिन यता कालिकोटमा चौथो लहर सुरु भएको छ। चोथौ लहरमा कालिकोट जिल्ला अस्पतालमा ५९ जनाको परिक्षण गर्दा ११ जना र रास्कोट अस्पतालमा ९ जना गरी जम्मा २० जनामा देखा परेको छ। यी मध्ये ११ जना होम आइसोलेशनमा छन् भने दुई जना अस्पतालमा भर्ना भएका छन्। होम आइसोलेशनमा भएकाहरुलाई आवश्यक सल्लाहका साथ घरमै सुरक्षित रहन भनिएको छ। स्वास्थ्य सेवा कार्यालय कालिकोटका व्यवस्थापक डाक्टर रत्नवीर सुनारले लक्षण भएका सबैको परीक्षण गर्दा १० जनामध्ये ३ जना सम्ममा सङ्क्रमण पुष्टि हुने गरेको बताए। उनले स्वास्थ्यमा खासै समस्या नभएकालाई घर पठाउने र यदि समस्या देखिएमा स्वास्थ्यकर्मीको निगरानीमा राखेर उपचार गर्ने गरेको बताए।  

उनले जिल्लामा सरुवा रोग अस्पताल भएकाले कोरोनाका जटिल बिरामीलाई त्यही राखेर उपचार हुने बताए। उनले भने, ‘सबै ब्यवस्था छ। अक्सिजनदेखि आवश्यक सामाग्री भएको र जटिल बिरामी बढ्न थालेमा थप आपुर्ति गरिने छ। ’

जिल्ला अस्पतालमा मात्र नभएर केही स्थानीय तहमा समेत कोरोनाका बिरामी फेला परेको भन्दै सबैतिर सचेत रहन आपूुले जिल्ला प्रशासन मार्फत जानकारी गराएको प्रमुख सुनारले बताए। यस भन्दा अगाडी सङ्क्रमण देखा परेर कालिकोट र यहाँवाट अन्त रेफर गरेका गरी कोरोनाका कारणले सात जनाको मृत्यु भएको थियो भने दुई हजार ६१४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

जिल्ला कोरोना व्यवस्थापन समितिको बैठकले सबै पालिकामा पत्राचार गदै आइसोलेशन कक्ष, हेल्थ डेस्क स्थापना गर्ने र धेरै भेला हुन नदिन भनेको छ। प्रमुख जिल्ला अधिकारी रामहरी शर्माको अध्यक्षतामा बसेको बैैठकले सामाजिक दूरी कायम,सेनिटाइजर,मास्कको प्रयोग गर्ने निर्णय सबैतिर पठाएको छ। 

प्रकाशित: २० श्रावण २०७९ ०५:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App