१४ चैत्र २०८२ शनिबार
image/svg+xml
स्वास्थ्य

नेपालमा पहिलोपटक २ जनामा ओमिक्रोनको उपप्रजाति ‘बीएफ.वान’ पुष्टि

ओमिक्रोन भेरियन्टको उपप्रजाति 'बीएफ.वान' नेपालमा पनि पहिचान भएको छ। 

धुलिखेल अस्पतालको ल्याबमा परीक्षण गर्दा ओमिक्रोनको नयाँ उपप्रजाति ‘बीएफ.वान’ पुष्टि भएको हो। कोरोना संक्रमण पुष्टि भएको २२ वटा नुमनालाई परीक्षण गर्दा २ जनामा  सो ‘बीएफ.वान’ पुष्टि भएको अस्पतालले जनाएको छ।

 यो प्रजातिलाई विश्व स्वास्थ्य संगठनले ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेको छ। अत्यधिक संक्रामक मानिएको यस प्रजाती नेपालमा भने संक्रामक भएको अहिलेसम्म पुष्टि भएको छैन।

विश्व स्वास्थ्य संगठनले गत असारमा ‘बीएफ.वान’ युरोपमा पनि देखिएको पुष्टि गरिसकेको छ।

प्रकाशित: ५ श्रावण २०७९ १०:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App