१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

सक्रिय संक्रमितको संख्या ६ सय नाघ्यो

फाइल तस्बिर।

पछिल्लो २४ घण्टामा १०२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। २ हजार ६१५ नमूना परीक्षण गर्दा १०२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो। 

जसअनुसार १ हजार ५३९ पीसीआर परिक्षण गर्दा ७२ जना र १ हजार ७६ एन्टिजेन परिक्षण गर्दा ३० जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै आज ३१ जना संक्रमणमुक्त भएका छन्।  

त्यसैगरी सक्रिय संक्रमितको संख्या ६०५ पुगेको छ। आज ४३ हजार ५३४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।  

प्रकाशित: २५ असार २०७९ १२:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App