७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

सीमा क्षेत्रमा बढ्दै कोरोना संक्रमण

सीमा नाकामा भइरहेको आवत-जावतका कारण कोरोना संक्रमितहरुको संख्या बढेको पाइएको छ। पर्साको वीरगञ्जनाका भइ नेपाल प्रवेश गर्नेमा कोरोना संक्रमण पुष्टि हुने क्रम बढ्दै गएको हो।

सीमानाकामा स्थापित हेल्थ डेस्कमा एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा संक्रमितको संख्या बढ्दै गएको पाइएको छ। गत चैत र वैशाखमा एन्टीजेन विधीबाट परीक्षण गर्दा एक जनामा पनि संक्रमण पुष्टि भएको थिएन। तर जेठमा तीन जनामा संक्रमण देखिएकोमा असार २३ गतेसम्म १६ जनामा संक्रमण देखिएको डेस्क इञ्चार्ज डा. अनिसा महतोले जानकारी दिइन्।

गत चैत र वैशाखमा तीन हजारभन्दा बढीको एन्टीजेन परीक्षण गर्दा एक जनामा पनि संक्रमित नभेटिएकोमा असार २२ गतेसम्म दुई हजार ५०० को परीक्षण गर्दा १६ जना संक्रमित भेटिएको तथ्याङ्क छ। भेटिएका सबै संक्रमित भारतीय भएकाले नेपाली सुरक्षाकर्मीको सहयोगमा भारतीय सुरक्षाकर्मीको जिम्मा लगाइएको डा. महतोले जानकारी दिए।

संक्रमितको संख्या बढ्दै गए पनि वीरगञ्जको नारायणी अस्पतालमा पछिलो तीन महिनादेखि पीसीआर परीक्षण बन्द गरिएको छ। पीसीआर परीक्षणका लागि आवश्यक एजेन्ट कीटको अभावका कारण परीक्षण रोकिएको सूचना अधिकारी डा. उदय सिंहले जानकारी दिए।

मुलुकका विभिन्न जिल्ला र सीमावर्ती भारतीय क्षेत्रमा समेत पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गए पनि पर्सा जिल्लामा नागरिकले स्वास्थ्य मापदण्डको पालनामा लापर्वाही गरिरहेका छन्। 

प्रकाशित: २४ असार २०७९ ०९:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App