५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

५ देखि ११ वर्षसम्मका बालबालिकालाई लगाइने २२ लाख खोप नेपाल आइपुग्यो

५ देखि ११ वर्षसम्मका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको २२ लाख ९९ हजार २ सय मात्रा पेडियाट्रिक डोज खोप नेपाल आइपुगेको छ।  

स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका प्रमुख डा.सुरेन्द्र चौरासियाका अनुसार कोभ्याक्स सुविधामार्फत २२ लाख ९९ हजार २ सय मात्रा पेडियाट्रिक डोज खोप आज बिहान नेपाल आइपुगेको हो।

यसभन्दा अगाडि कोभ्याक्स सुविधामार्फत २२ लाख ३ हजार २ सय मात्रा खोप नेपाल आएको थियो। उक्त खोप ५ देखि ११ वर्षसम्मका ३९ लाख बालबालिकालाई लगाइएको छ ।  

आज ल्याइएको खोप अभियान सञ्चालन गरिएका २७ जिल्ला पहिलो मात्रा लगाउन छुटेका बालबालिकालाई र बाँकी दोस्रो मात्राका लागि लगाइने चौरासियाले बताएका छन्।

प्रकाशित: १९ असार २०७९ ०९:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App