१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

हैजा फैलिन सक्ने भन्दै सर्तक रहन चिकित्सकको अनुरोध

बर्षायामको मौसम भएकाले हैजा फैलिनसक्ने सर्तक रहन चिकित्सकहरुले सुझाएका छन्। भक्तपुरमा शनिबार भएको बृहत निःशुल्क स्वास्थ्य शिविरमा सहभागी चिकित्सकहरुले सेवाबासी स्थानीयहरुलाई यसबारे सचेत पारेका हुन्।

शिविरमा सहभागी जनरल फिजिसियन डा. सुजिता वैद्य सचेत रहन सवैलाई सुझाए। उनका अनुसार शिविरमा सेवा लिन आएका अधिंकश महानुभावहरुमा हाडजोर्नीको समस्या देखियो। साथै, स्वास्थ्य शिविरमा आएका धेरै बालबालिकाहरुमा ज्वरो तथा खोकीको समस्या देखियो। यही कारण हैजाबाट सचेत रहन आफूले सुझाएको उनले बताइन्।  

देउला आधारभूत विद्यालय भेलुखेल ५ भक्तपुरमा सम्पन्न बृहत निःशुल्क स्वास्थ्य सेवा शिविर क्लिनिक वान भक्तपुर तथा उज्यालो बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा भएको थियो। कार्यक्रममा सहयोगी संस्था श्री कुमारी क्लब रहेको थियो। यस बृहत निःशुल्क स्वास्थ्य शिविरमा दन्त विशेषज्ञ, स्त्री रोग विशेषज्ञ, पेट, आन्द्रा तथा कलेजो रोग विशेषज्ञ तथा जेनरल फिजिसियनद्धारा परामर्श प्रदान गरियो। यस शिविरबाट भेलुखेल ५ का ६५ जना बासिन्दाहरु लाभान्भित भए।  

'विशेषज्ञ डाक्टरहरुबाट निशुल्क परामर्श पाएकोमा हामी खुसी छौँ, आगामी दिनहरुमा पनि आयोजकहरुलाई यस्तै सेवा प्रदान गर्न आग्रह गछौँ,' शिविरमा सहभागी एक महिलाले भनिन्।  

शिविरमा सन्तुलित आहार तथा पौष्टिक खानाबारे प्रर्दशनी पनि गरिएको थियो। क्लिनिक वानका डायटिसियनप्रति कपौडेलले जन्मेदेखि ६ महिनार ६ महिनादेखि २ वर्षसम्मका बालबालिका तथा गर्भवती तथा सुत्केरी महिलाले कस्तो खाना खानुपर्छ भन्नेबारेमा प्रर्दशन गरियो। सन्तुलित आहार खान किन महत्वपूर्ण छ र हाम्रै भान्सामा पाइने सामाग्रीहरु प्रयोग गरेर कसरी सन्तुलित आहार बनाउन सकिन्छ भन्नेबारेमा जानकारी शिविरमा प्रदान गरियो।  

आगामी दिनहरुमा पनि यस्तै विभिन्न संस्थाहरुसगँको साझेदारीमा यस्तै कार्यक्रम गर्ने प्रतिवद्धता क्लिनिक वानका प्रबन्ध निर्देशक सन्तोष पौडेलले जानकारी गराए।

प्रकाशित: ११ असार २०७९ १४:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App