४ पुस २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

ब्ल्यूएचओका महानिर्देशक र स्वास्थ्यमन्त्रीबीच भेटः नेपालद्वारा सहयोगको आग्रह

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडासँग भेटवार्ता गरेका छन्।

मन्त्री खतिवडाको निमन्त्रणामा नेपाल भ्रमणका लागि बिहीबार काठमाडौं आइपुगेका डा. गेब्रेयससले स्वास्थ्य मन्त्रालयमै पुगेर मन्त्री खतिवडालाई भेटेका हुन्। भेटवार्ताको क्रममा नेपालमा औषधि उत्पादनका लागि सहयोग गर्न महानिर्देशक गेब्रेयससलाई आग्रह गरिएको र उनले सकारात्मक प्रतिक्रिया दिएको मन्त्री खतिवडाले बताए। त्यसगरी मातृ तथा बाल स्वास्थ्य सहकार्य केन्द्रको स्थापना र हेटौँडामा रहेको किटजन्य रोगको अध्ययन तथा तालिम केन्द्रको विकासका लागि नेपालको तर्फबाट कुरा राखिएको उनले जानकारी दिए।

महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले शुक्रबार प्रधानमन्त्री र राष्ट्रपतिसँग भेट्ने कार्यक्रम रहेको जानकारी दिइएको छ। त्यसैगरी उनले टेकु अस्पतालमा रहेको ल्याव र पाटन स्कुलको निरीक्षण गर्ने लगायतको कार्यक्रम रहेको जनाइएको छ। भेटवार्ताको क्रममा उनले कोभिड–१९ को खोप लगाउने सम्बन्धमा नेपालले नमुनायोग्य काम गरेको भनि प्रशंसा गरेको मन्त्री खतिवडाले बताए।

प्रकाशित: ८ वैशाख २०७९ १२:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App