२४ मंसिर २०८२ बुधबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्य शिविरमा आएका ८० प्रतिशत महिलामा सेतोपानी बग्ने समस्या

कालीकोटको रास्कोट नगरपालिकामा आइतबारदेखि सुरु भएको निःशुल्क स्वास्थ्य  शिविरमा ४ सय ५ जनाले उपचार गराएका छन् ।  

रास्कोट नगरपालिकाको प्रादेशिक रणनीति अस्पताल गौंतुकोटमा आइतबारदेखि मंगलबारसम्म चलेको पाठेघरको मुखको क्यान्सर, यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा रास्कोट नगरपालिका ४ सय ५ जना महिलाले उपचार पाएका हुन् ।  

महिला तथा किशोर किशोरीलाई लक्षित गरेर सुरु भएको शिविरबाट २४ जना ७० वर्ष माथिका महिला थिए । सेवा लिनेमा ३२ किशोरी र अन्य ३ सय ४९ जना ७० वर्ष मुनीका महिला रहेका थिए ।  

तस्बिर: ललित विष्ट/नागरिक

स्वास्थ्य परीक्षणका लागि आएका ८० प्रतिशत महिलामा सेतोपानी बग्ने समस्य देखिएको डा. सुमनकुमार कुशवाहले जानकारी दिए। ८ जना महिलामा रिङ राखिएको जानकारी दिँदै उनले पाठेघरको मुखको क्यान्सर भने कसैमा नदेखिएको बताए । किशोरीलाई महिनावारी स्वच्छता, डर चिन्ताबारे परामर्श दिइएको छ।  

रास्कोट नगरपालिकाको समन्वय तथा प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोग र हुरेन्डेक नेपालको सहजीकरणमा सशक्त बालिका परियोजनाअन्तर्गत कार्यक्रम गरिएको हो।  

शिविरमा बोल्दै रास्कोट नगरपालिकाका शिक्षा शाखा प्रमुख खेमराज शाहीले रास्कोट नगरपालिकाका दिदीबहिनीको स्वास्थ्य समस्या समाधानका लागि निः शुल्क शिविर राखेको बताउँदै शिक्षा र स्वास्थ्यमा रास्कोट नगरपालिका अग्रस्तानमा रहेको बताए ।

प्रकाशित: २३ मंसिर २०८२ २०:०४ मंगलबार