१५ असार २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

बिरामीलाई परदेशीको चार लाख सहयोग

परदेशमा रहेका तनहुँबासीले बिरामीको उपचारमा सघाउन आर्थिक सहयोग गरेका छन्। तनहुँबाट हङकङ पुगेर संगठित भई स्थापित तनहुँ समाज हङकङमार्फत जिल्लाका आर्थिक अवस्था कमजोर भएका दुई बिरामीका परिवारलाई उपचारमा सघाउन आर्थिक सहयोग गरिएको हो।  

मृटुमा समस्या भएकी बालिका र मृगौला पीडित महिलालाई समाजले आर्थिक सहयोग गरेको छ। शनिवार बिरामीको परिवारलाई समाजले तीन लाख ९० हजार रुपैयाँ सहयोग गरेको हो।  

जिल्लाको व्यास नगरपालिका–१४ हर्कपुरकी १६ महिने बालिका सविना थापाको उपचारमा सघाउन एक लाख ९५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ।  

ती बालिकालाई जन्मजात मुटुको समस्या छ।  उनको अप्राकृतिक रुपमा मलद्धार र यौनाङ्ग सँगै जोडिएकाले उपचार गर्नलाई आर्थिक अभाव भएको खबर सुनेपछि सहयोग गरेको तनहुँ समाज हङकङका निवर्तमान अध्यक्ष भिमराज गुरुङले बताए। बालिकाको हाल गंगालाल हृदय रोग केन्द्र काठमाण्डौमा उपचार भइरहेको छ।  

समाजले व्यास–१४ ठिनकी १९ वर्षीया खुस्बु राना (थापा)को उपचारार्थ पनि एक लाख ९५ हजार रुपैयाँ सहयोग गरेको छ। हङकङमा विभिन्न सिलसिलामा गएका ४७ जना तनहुङ्गेबाट संकलित रकम दुबै बिरामीलाई बराबर उपलब्ध गराईएको गुरुङले बताए।

गम्भीर रोग लागेका आर्थिक अवस्था कमजोर भएका परिवारलाई समाजले सहयोग गर्दै आईरहेको गुरुङ बताउँछन्। ‘हामीले जिल्लावासीको दुखमा जति सक्छौँ विगतदेखि नै सहयोग गर्दै आईरहेका छौँ,’ उनले भने।

प्रकाशित: १९ चैत्र २०७८ १२:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App