१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

घट्दै कोरोना संक्रमित, २४ घण्टामा कसैको पनि ज्यान गएन

थप ९१ जनामा संक्रमण पुष्टि

आज थप ९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पीसीआर र एन्टिजेन गरी ६ हजार दुई सय २० जनाको नमूना परीक्षण गरेकोमा ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

कोरोना भाइरसको तेस्रो लहर शुरु भएपछि दैनिक विवरण अनुसार संक्रमण पुष्टि हुनेको संख्या पहिलो पटक एक सय भन्दा तल झरेको हो। यस्तै बितको २४ घण्टामा तीन सय ६२ जना निको भएका छन्। यो सहित कोरोना संक्रमणमुक्त हुनेको संख्या नौ लाख ५८ हजार पाँच सय ५५ जना पुगेको छ।

यस्तै बितेको २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन। अहिले नेपालमा ६ हजार नौ सय ४७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। यसैबीच बितेको २४ घण्टामा दुई लाख आठ सय ६१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

प्रकाशित: २१ फाल्गुन २०७८ ११:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App