आज थप एक सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बितेको २४ घण्टामा पीसीआर, एन्टिजेन र आरडीटी गरी पाँच हजार एक सय ५२ जनाको परीक्षण गरिएकोमा एक सय ५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ।
यस्तै बितेको २४ घण्टामा पाँच सय ४० जना संक्रमित निको भएका छन् भने दुई जनाको ज्यान गएको छ। अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार नौ सय ३४ जना पुगेको छ। अब नेपालमा आठ हजार आठ सय ३९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।
यस्तै बितेको २४ घण्टामा एक लाख २९ हजार एक सय १९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। यो सहित नेपालमा अहिलेसम्म तीन करोड ६७ लाख ४३ हजार दुई सय ४२ मात्रा खोपको प्रयोग भएको छ।
जसमध्ये एक करोड ८४ लाख ६९ हजार चार सय ४५ जनाले पहिलो मात्रा, एक करोड ७३ लाख ८२ हजार एकसय ३८ जनाले दुवै मात्रा र १० लाख ९१ हजार ६ सय ५९ जनाले अतिरिक्त मात्रा खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ।
प्रकाशित: १४ फाल्गुन २०७८ ११:२४ शनिबार





