१९ माघ २०८२ सोमबार
image/svg+xml
स्वास्थ्य

सक्रिय संक्रमितको संख्या १० हजारमा झर्‍यो

आज देशभर तीन सय १२ जनामा कोरोना भाइरस (कोभिड-१९)  को संक्रमण पुष्टि भएको छ। पीसीआर र एन्टिजेन विधिबाट आठ हजार ६ सय ९३ जनाको नमुना परीक्षण गरिएकोमा तीन सय १२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यो कुल परीक्षणको तीन दशमलव ५८ प्रतिशतमा संक्रमण पुष्टि हो। त्यस्तै बितेको २४ घण्टा यता नौ सय ११ जना संक्रमणमुक्त भएका छन्। यस्तै थप दुई जनाको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको छ।

नेपालमा अहिले १० हजार ९० जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन्। यस्तै बितेको २४ घण्टामा एक लाख ३५ हजार सात सय ९० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। 

प्रकाशित: ११ फाल्गुन २०७८ ११:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App