२६ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा २ सय ६८ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा २ सय ६८ जनामा कोरोना संक्रमण भएको छ। ३ सय ५४ जनाको पीसीआर परीक्षण गर्दा १ सय ३१ र ५सय ५७ जनाको एन्टिजेन परीक्षण गर्दा १सय ३७ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५३, झापामा ३७, सुनसरीमा १८, इलाम र उदयपुरमा २–२, ताप्लेजुङ, सोलुखुम्वु, संखुवासभा, तेहृथुम र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको हो। 

मोरङको विराटनगरमा २७, बेलबारीमा ६, पथरीशनिश्चरे, उर्लाबारी र सुन्दरहरैचामा ५–५, रतुवामाईमा २, कानेपोखरी, सुनबर्षी र ग्रामथानमा १–१ जनामा संक्रमण देखिएको छ।  झापाको विर्तामोडमा ८, दमकमा ७, कनकाईमा ५, मेचीनगरमा ४, अर्जुनधारा, हल्दिबारी, बुद्धशान्ति, बाहृदशी र कमल गाउँपालिकामा २, गौरीगञ्ज, भद्रपुर र झापा गाउँपालिकामा १ जनामा संक्रमण देखिएको छ।  

सुनसरीको इटहरीमा ११, बराहक्षेत्रमा २, धरान, बर्जु, गढी, देवानगञ्ज र कोशी गाउँपालिकामा १–१, इलामको  इलाम नगरपालिका र सुर्योदयमा १–१, उदयपुरको चौदण्डीगढी र त्रियुगामा १–१, ताप्लेजुङको फुङलिङ, सोलुखुम्वको सोलुदुधकुण्ड, संखुवासभाको खाँदबारी, तेहृथुमको मेन्छेयायेम र खोटाङको केपिलसगढीमा १–१ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा बिहीबार ४ सय २६ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा १ सय ९९ महिला र २ सय २७ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक महिला र एक पुरुष रहेका छन्। सक्रिय संक्रमितकोे संख्या ४ हजार ७ सय ५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित: २० माघ २०७८ १२:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App