१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

कोरोनाविरुद्धको खोप उपलब्ध गराउन बालबालिकाको माग

सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरि खोप कार्यक्रम सञ्चालन गरिरहँदा १७ वर्ष नाघेका र १८ वर्ष नपुगेकाले आफूहरुका लागि पनि खोप उपलब्ध गराउन माग गरेका छन्।  

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनमा काठमाडौँ महानगरपालिकाले यसअघि खोप लगाउन छुटेका बालबालिकालाई यही माघ १५ गतेदेखि कोरोना विरुद्धको खोप कार्यक्रमअन्तर्गत १२ देखि १७ वर्ष उमेर समूहलाई सहभागि गराएका छन्। सोही अनुरुप १७ वर्ष पूरा भएका र १८ ननाघेका बालबालिकाले पनि आफूहरुलाई खोप उपलब्ध गराउन माग गरिरहेको कामपाले जनाएको छ।

कामपाका शिक्षा अधिकारी रामप्रसाद सुवेदीका अनुसार ती उमेर समूहका बालबालिकाका लागि पनि कोभिड–१९ विरुद्धको खोप चाँडै उपलब्ध गराउने प्रयासमा लागेको बताए। कामपामा ९० सामुदायिक र ५०० भन्दा बढी निजी विद्यालय सञ्चालित छन्।

१७ वर्ष पूरा भएका  र १८ वर्ष ननाघेका बालबालिकाको सङ्ख्या कामपामा करिब ६ हजार रहेको जनाइएको छ। सरकारले तोकेअनुसारको उमेर समूहका करिब ६५ हजार बालबालिकालाई अहिले छाउनी  र थापाथली अस्पतालबाट खोप कार्यक्रम सञ्चालन गरिरहेको छ। 

प्रकाशित: १९ माघ २०७८ १०:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App