१० श्रावण २०८३ आइतबार
image/svg+xml
स्वास्थ्य

तत्काल तीन सय बेड सञ्चालन हुने

होल्डिङ सेन्टरको अनुगमन गर्दै नेपाली सेना जंगी अड्डा निरीक्षण महानिर्देशनालयका निरीक्षाधिकृत उपरथी निरञ्जनकुमार श्रेष्ठसहितको टोली। तस्बिर सौजन्यः भैरव प्रसाद गण बाँके

नेपालगन्ज उपमहानगरपालिका–१४, भवानियापुरमा निर्माणाधीन होल्डिङ सेन्टर आंशिकरुपमा खुला हुने भएको छ। निर्माण अन्तिम चरणमा पुगेको उक्त होल्डिङ सेन्टर तत्कालका लागि तीन सय बेड सञ्चालनमा आउने भएको हो।

नेपाली सेना जंगी अड्डा निरीक्षण महानिर्देशनालयका निरीक्षाधिकृत उपरथी निरञ्जनकुमार श्रेष्ठसहित १४ जनाको टोलीले होल्डिङ सेन्टरको अनुगमन तथा निरीक्षण गरेको थियो। उक्त अनुगमन तथा निरीक्षणपछि उनले तत्काल तीन सय बेड सञ्चालन गर्न निर्देशन दिएका छन्। 

सोहीअनुसार तीन सय बेट सञ्चालनको तयारी भइरहेको बताइएको छ। होल्डिङ सेन्टर साउनदेखि निर्माण कार्य सुरु गरिएको थियो। एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माण भइरहेको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर अधिकारीले जनाए। 

उनका अनुसार होल्डिङ सेन्टरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। होल्डिङ सेन्टरको अनुगमन तथा निरीक्षण गर्दै नेपाली सेना जंगी अड्डा निरीक्षण महानिर्देशनालयका निरीक्षाधिकृत उपरथी श्रेष्ठले तत्काल तीन सय क्षमतासम्मको होल्डिङ सेन्टर सञ्चालन गर्ने निर्देशन दिएका छन्। ‘कोरोना भाइरसको जोखिम बढ्दै गएकाले पूरै नभए पनि तीन सय क्षमतालाई सञ्चालन गर्न सकिन्छ,’ उनले भने, ‘१०÷१५ दिनभित्र उक्त प्रयोगमा ल्याउनू।’

होल्डिङ सेन्टरमा बेटमा मात्रै भएको भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी (कर्णेल) जनमत कार्कीले बताए। ‘होल्डिङ सेन्टरमा बेट मात्र छन्,’ उनले भने, ‘औषधि उपचारका लागि आवश्यक मेडिकल सामग्री, भान्सा कोठा र शौचालयको आवश्यकता छ।’ अहिले कोरोना भाइरस संक्रमितलाई बाल मन्दिरमा राख्ने गरिएको छ। बाँकेमा पछिल्लो समय दैनिकरुपमा कोरोना संक्रमित बढ्दै गएका छन्।

प्रकाशित: १७ माघ २०७८ १२:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App