बैतडीमा बाख्रालाई पिपिआरविरुद्धको खोप लगाउन सुरु गरिएको छ। जिल्लाका सबै स्थानीय तहमा बाख्रालाई खोप लगाउन थालिएको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाटन बैतडीका प्रमुख गुमानीदत्त पन्तले बताए।
हाललाई शिवनाथ गाउँपालिकाबाहेक अन्य ९ स्थानीय तहमा रहेका बाख्रालाई खोप लगाउन थालिएको हो। शिवनाथ गाउँपालिकामा पशु प्राविधिक अभावले खोप सुरू नभएको बताइएको छ। जिल्लाका करिब ७५ हजार बाख्रालाई पिपिआरविरुद्धको खोप लगाउने लक्ष्य रहेको कार्यालय प्रमुख पज्न्तले बताए।
प्रदेश सरकारको कार्यक्रम अन्तर्गत निशुल्क रुपमा खोप लगाउन थालिएको उनले बताए। पिपिआर खोपले बाख्रालाई रोगबाट जोगिने पशु चिकित्सक महेश भट्टले बताए। पिपिआर रोग भएका बाख्रामा ज्वरो आउने, खोक्ने, रगत छेर्नेलगायतका लक्षण देखिन्छ। यो लक्षण देखिएको एक सातामै बाख्राको मृत्यु हुने गरेको छ। खोप नलगाउँदा बाख्रा मर्न थालेपिछ स्थानीय किसान समस्यामा थिए।
प्रकाशित: १७ माघ २०७८ ०६:३५ सोमबार





-600x400.jpg)