१० श्रावण २०८३ आइतबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा ३९७ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३ सय ९७ जनामा कोरोना संक्रमण भएको छ। ३ सय ९४ जनाको पिसिआर परीक्षण गर्दा १ सय ४५ र ७ सय ८९ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ५२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार  पिसिआर परीक्षणका आधारमा मोरङमा ८३, सुनसरीमा ४२, धनकुटा र झापामा ५–५, उदयपुर, संखुवासभा र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको हो। मोरङको विराटनगरमा ६५, बुढीगंगामा ५, सुन्दरहरैँचामा ३, ग्रामथानमा २, पथरीशनिश्चरे, रंगेली, उर्लाबारी, रतुवामाई, बेलबारी, मिक्लाजुङ, कटहरी र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा २५, इटहरीमा १२, इनरुवामा ३, दुहबी र बराहक्षेत्रमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ५, झापाको कमल गाउँपालिकामा १ र स्थानीय तह नखुलेका ४, संखुवासभा, पाँचथर र उदयपुरको बेलकामा १–१ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेशमा शनिबार ९ सय २ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ४ सय २ महिला र ५ सय पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ महिलाको मृत्यु भएको छ। सक्रिय संक्रमितको संख्या ६ हजार ६ सय ५७ रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: १५ माघ २०७८ १२:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App