१९ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

बेनी अस्पतालका चिकित्सकसहित २३ जना स्वास्थ्यकर्मीमा संक्रमण

५० सैयाको बेनी अस्पतालका अधिकांस चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण फैलिएपछि आगामी आइतबारदेखि एक साताका लागि बहिरङ्ग सेवा (ओपीडी) सेवा बन्द गरिने भएको छ।

अस्पतालमा चिकित्सकसहित २३ जना स्वास्थ्यकर्मी संक्रमित भएपछि माघ ९ गतेदेखि १४ गतेसम्म ओपीडी सेवा बन्द गरिने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. जितेन्द्र कँडेलले बताए ‘ओपीडी सेवाका लागि जनशक्तिको अभाव छ, संक्रमति सबै चिकित्सक र स्वास्थ्यकर्मी आइसोलेसनमा हुनुहुन्छ’, डा. कँडेलले भने। अस्पतालमा कोरोनासँग लक्षण मिल्ने बिरामीलाई बिश्रामस्थलमा फिबर क्लिनिक सञ्चालन गरिने छ।  

कोरोना संक्रमणकै कारण जनशक्ति अभाव भएपनि जटिल शल्यक्रिया, प्रसूतिसहितका सेवाहरु भने सञ्चालन हुने छ। एकैपटक अस्पतला भित्रका चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना देखिएपनि अति आवश्यक सेवाहरु भने निरन्तर उपलब्ध रहेको बेनी अस्पतालले जनाएको छ। आकस्मिक कक्षसहित फिबर क्लिनिकमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी संक्रमणमुक्त भएकाले ढुक्क भएर सेवा लिन समेत अनुरोध गरिएको छ।

यसैबीच एक सातापछि सहज अवस्था नभएमा अस्पतालले हेल्लो डक्टरसहितको थप सेवाहरु सञ्चालन गर्ने जनाइएको छ।

प्रकाशित: ७ माघ २०७८ १४:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App