वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आज दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ।
मृत्यु हुने दुवै सिरहाका हुन्। प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार मृतक एक जना पुरुष र एक जना महिला छन्। मृत्यु हुने पुरुष ८० वर्षीय वृद्ध रहेको सहप्रवक्ता डा.पोखरेलले बताए। मृतक दीर्घरोगी थिए। उनको आज बिहान ११ बजेर ३५ मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। उनलाई पुष २९ गते संक्रमण पुष्टि भएपछि सोही दिन कोभिड अस्पतालमा भर्ना गरिएको थियो।
यसैगरि, सिराहको लाहन १९ का ६२ वर्षीया वृद्धा महिलाको पनि कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। आज बिहान ११ बजेर ४५ मिनेटमा वृद्धाको मृत्यु भएको हो। उनी पनि दीर्घरोगी भएको प्रतिष्ठानको भनाइ छ।
उनलाई हिजो बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो। मृतक दुवै जनाको शव नियम अनुसार व्यवस्थान गरिएको पनि प्रतिष्ठानले जनाएको छ। यसअघि हिजो राती उपचारको क्रममा महोत्तरीका ३० वर्षीय एक युवाको पनि मृत्यु भएको थियो।
प्रकाशित: ७ माघ २०७८ ११:५४ शुक्रबार