coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

महिला स्वास्थ्यकर्मीलाई निःशुल्क मोबाइल

रौतहटको मौलापुर नगरपालिकाले महिला स्वास्थ्यकर्मीहरुलाई निःशुल्क मोबाइल उपलब्ध गराएको छ। नगरपालिका क्षेत्रभित्र निस्वार्थ रुपमा क्रियाशील महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नगर प्रमुख रिनाकुमारी साहले बिहीबार स्मार्ट फोन प्रदान गरेकी हुन्।

नगरको स्वास्थ्य क्षेत्रमा विशेष सुविधा उपलब्ध गराउँदै आएका स्वास्थ्य स्वयंसेवी महिलाहरुलाई सम्मान एवं प्रोत्साहनका लागि ४५ स्वयंसेविकालाई स्मार्ट फोन उपलब्ध गराएको मेयर साहको भनाइ छ। नवीनतम् सूचना तथा प्रविधिसित स्वयंसेविकाहरुलाई जोड्न स्मार्ट मोबाइल फोनले सहयोग गर्ने विश्वास नगरपालिकाले लिएको मेयर साहको भनाइ छ।  

मधेस प्रदेशको एकमात्र महिला मेयर साहले महिलाको पक्षमा प्रशंसनीय कामहरु गर्दै आएकी छन्। धुवाँमुक्त भान्छा अभियानअन्तर्गत नगरका सम्पूर्ण घरपरिवारलाई सिलिन्डरसहित ग्याँस चुल्होको सम्पूर्ण सेट उपलब्ध गराइसकेको मौलापुरले विपन्न समुदायका परिवारमा छोरीको बिहेमा पच्चीस हजार रुपैयाँ सहयोग गर्दै आएको छ।  

गत हप्ता कक्षा १२ मा अध्ययनरत मौलापुरका छात्राहरुलाई नगरपालिकाले ७० थान ल्यापटप प्रदान गरेको थियो।

प्रकाशित: ६ माघ २०७८ १५:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App