८ असार २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

भक्तपुरमा बुस्टर डोज खोप दिन सुरु

खोप लगाउँंदै बागमती प्रदेश सांसद सृजना सैंजू।

कोभिड संक्रमितको संख्या निरन्तर बढिरहेपछि भक्तपुरमा मंगलबारदेखि बुस्टर डोज दिन सुरु गरिएको छ। भक्तपुर नगरपालिकामा कोभिडविरुद्धको बुस्टर डोज दिन सुरु गरेको छ।    

नगरपालिकाले पहिलो चरणमा अग्रपंक्तिमा रहेर काम गर्ने सफाइ मजदुर, चालक, जनप्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी र नगरपालिकाका कर्मचारीहरुलाई खोप वितरण सुरु गरेको जनाएको हो। सोही क्रममा नेपाल मजदुर किसान पार्टीबाट बागमती प्रदेश सांसदद्वय सुरेन्द्रराज गोसाइँ, सृजना सैंजू, भक्तपुर नपाका उपप्रमुख रजनी जोशी तथा भक्तपुर नपाका वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यलगायतले पनि कोभिडविरुद्धको बुस्टर डोज खोप लगाएका छन्।  

तत्कालका लागि अग्रपंक्तिमा काम गर्नेहरुलाई मात्र बुस्टर डोज लगाइएको भक्तपुर नपाका प्रशासकीय अधिकृत दामोदर सुवालले बताए। साथै पहिलो दिन मात्र ६५ जना पुरुष र १६ जना महिला गरी जम्मा ८१ जनाले भेरोसेलको बुस्टर डोज खोप लगाएको जनाइएको छ। साथसाथै एक सय ३२ जना पुरुष र ६८ जना महिला गरी जम्मा दुई सय जनाले कोभिशिल्ड बुस्टर डोज खोप लगाएका छन्।

खोप लगाउनेहरुमा जनप्रतिनिधि ३१ जना, कर्मचारी दुई सय ५० जना रहेको जनाइएको छ। त्यसमध्ये सफाइ मजदुर ६३ जना, ड्राइभर ७ तथा पत्रकार ४ जना र बाँकी जनप्रतिनिधि र कर्मचारी रहेको बताएको छ।    

बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा हुनुपर्ने र यसअघिको खोप कार्ड पनि अनिवार्य साथमा लानुपर्ने व्यवस्था गरेको छ।

प्रकाशित: ४ माघ २०७८ १३:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App